प्रथम आमन्त्रित बेलका मिनि गोल्डकप २०८० को आज चौथो दिनको खेलमा बेलका उदयपुर(आयोजक) लाई १ को विरुद्ध २ गोलले पछि पार्दै कोसी प्रदेश पुलिस मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा २ – १ गोल अन्तरले आयोजकलाई हराउदै कोसी प्रदेश पुलिस मोरङ सेमिफाइनलमा प्रवेश गरेको हो।
कोसी प्रदेश पुलिस मोरङको तर्फबाट दिल बहादुर तामाङ ले २ गोल गरेका थिए भने बेलका उदयपुर(आयोजक) को तर्फबाट बिनोद राई ले १ गोल गरेका थिए। खेलको म्यान अफ द म्याच कोसी प्रदेश पुलिस मोरङका दिल बहादुर तामाङ घोषित हुँदै नगद रु. १ हजार सहित ट्रफी हात पारे।
जलकन्या साँस्कृतिक युवा समुहको आयोजनामा बेलका नगरपालिका जहडा लालबजारको खेल मैदानमा भइरहेको उक्त प्रतियोगिताको पाचौं दिन भोलि(असोज २५ गते) पहिलो सेमिफाइनल खेल APF पुर्वान्चल पकली र गाईघाट युनाइटेड एफ.सि. उदयपुर बीच दिउँसो ३:३० बजेबाट हुने छ।
