
बेलका । नेपाल आदिवासी जनजाति महासंघ बेलका नगर समन्वय परिषद उदयपुरको दोस्रो नगर अधिबेशन सम्पन्न भएको छ। हिजो पौष १४ गते बेलका नगरपालिका ९ स्थित उक्त जनजातिको सभाहलमा भब्यताका साथ अधिबेशन सम्पन्न भएको हो।
अधिबेशनबाट अध्यक्षमा जीत बहादुर मगर चयन भएका छन। त्यसैगरी बरिस्ठ उपाध्यक्षमा हरी बहादुर श्रेष्ठ, उपाध्यक्षमा राम प्रसाद राई, सचिबमा टिका तामाङ, सह सचिवमा सन्देश कुलुङ, सदस्यमा पुर्ण बहादुर गुरुङ, फुलावती चौधरी र धन बहादुर थामी चयन भएका छन। उक्त समितिमा अन्य १५ जातीबाट एक एक जना गरि जम्मा १५ सदस्यको समिति रहने छ।
आदिवासी जनजाति उदयपुर जिल्लाका अध्यक्ष डिबि. गुरुङ को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बिशेष अतिथि बेलका नगर उप प्रमुख जिरा राई, आदिवासी जनजाति उदयपुरका उपाध्यक्ष नवीन राई, किराय राई यायोक्खा उदयपुर जिल्ला सचिब सुरेन्द्र राई लगायत अन्य विभिन्न पदाधिकारी, विभिन्न जातजाति, पत्रकार, सरोकारवाला लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न जातजातिहरुले झाँक्री प्रदर्शन गरेका थिए भने नारा र र्याली सहित रामपुर बजारको परिक्रमा समेत गरेका थिए।
अध्यक्ष ललित राई को अध्यक्षमा सम्पन्न भएको खुल्ला सत्रमा आफ्नो कार्यकालको प्रतिबेदन समेत प्रस्तुत गरेका थिए। खुल्ला सत्रको औपचारिक कार्यक्रम निरुता श्रेष्ठले संचालन गरेकि थिइन।

