८ पौष, बेलका। नेपाल विद्युत प्राधिकरण उदयपुर वितरण केन्द्र ले बेलकामा घुम्ती काउन्टर सुचारु गरेको छ। अब बेलका मै बिजुलीको बिल तिर्न सकिने छ।
बेलका नगरपालिकाको समन्वयमा ठोकसिला ऊर्जा तथा ग्रामीण विकास समिति द्वारा संचालन हुदै आएको सामुदायिक बिद्युतीकरण सेवा नेपाल बिद्युत प्राधिकरण लाई हस्तान्तरणको चरणमा रहेको अवस्थामा बेलका नगरपालिका भित्रका सेवाग्राहीहरुलाई सेवा उपलब्ध गराउने उद्देश्यले बेलका नगर प्रमुख अशोक कार्की को विशेष पहलमा फ्यूज सेवा सहितको महसुल काउन्टरको ब्याबस्थापन गर्ने क्रममा पहिलो चरणमा प्राधिकरणले घुम्ति काउन्टर सेवा सुचारू गरेको हो।
काउन्टर संचालनका लागी बेलका नगर पालिकाले नगर अस्पताल संगैको उद्यम भवनको दुई वटा सटर र सुरक्षा सहजिकरणका लागी एक जना नगर प्रहरीको ब्याबस्था गरेको छ। तत्कालका लागी हप्ताको एक दिन आइतबार अनलाईन भुक्तानी गर्ने तरिकाको पनि प्रशिक्षण सहितको सेवा प्राधिकरणले दिनेछ।
