गायक कमल खत्री आज बेलका मिनि महोत्सवमा आउने भएका छन। श्री पौरखी किसान समुह द्वारा आयोजित बेलका नगरपालिका ४ लालबजारको “बेलका मिनि महोत्सव २०८०” मा गायक खत्री आउने आयोजकले बताएका छन।
गायक कमल खत्रीका आत्मा मा, म गीत हु तिम्रो, पहिलो माया, गल्ती मेरो छैन, फिक्का फिक्का, जाउल रेलैमा जस्ता हजारौं चर्चित गीतहरु छन। खत्री युवाहरुको निकै लोकप्रिय गायक हुन। फागुन ११ गतेबाट सुरु भएको मिनि महोत्सव २५ गतेसम्म संचालन हुने छ।
