बेलका, ९ असार।
बेलका नगरपालिका वडा नम्बर ५ मा अविरल पानी संगै परेको चट्याङका कारण एक होटलमा आगलागी भइ पुर्ण रुपमा क्षति भएको छ।
आज बिहान करिब ३:३० बजेको समयमा बेलका ५ काफ्ले टोल (भुतिया दह जाने बाटो मा) टेक बहादुर थापाको होटलमा आगलागी भएको हो। उक्त आगलागीबाट होटलको फर्निचर लगायत अन्य सम्पुर्ण सामान र एक थान ल्यापटप समेत जलेर नष्ट भएको सोही वडाका वडा अध्यक्ष दिपकराज रेग्मी ले बताउनु भएको छ।
वडा अध्यक्ष रेग्मीका अनुसार प्रहरी समेतको टोलिले सो घटनाको अनुसन्धान गर्दा २६ लाख भन्दा बढी क्षति भएको छ। मानवीय क्षति भने भएको छैन।




