
२९ माघ २०८० – बेलका। उदयपुर जिल्लाको बेलका नगरपालिका ८ रमिते स्थित बनसेरा सामुदायिक बनको खाली जग्गामा अबैधरुपमा लुकाई छिपाई चिरान गरी राखेको अस्ना (साज) जातको काठ बरामद गरेको छ। ईलाका प्रहरी कार्यलय रामपुर ठोक्सिला र अ.प्र.पो.कोठु बाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ति टोलीले फेला पारी उक्त काठ बरामद गरेको हो।
जसमा साज जातको ५९ थान अ.४२.५९ क्यु फिट काठ र चिरान नगरेको सालजातको बिभिन्न नापका बल्लाबल्ली २१ थान अ.१९.६६ क्यु.फिट गरी जम्मा ६२.२५ क्यु.फिट. काठ बरामद भएको छ। काठ बरामद पछि आवश्यक कार्वाहीको लागी सव डिभिजन बन कार्यालय मैनामैनिमा पठाएको स्रोतले जनाएको छ।
तस्बिर:- इ.प्र.का. रामपुर ठोक्सिला उदयपुर