बेलका, २९ भाद्र। बेलका नगरपालिकामा अन्तर बिद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा रामपुर पब्लिक एकेडेमी कि पुष्पा अधिकारी प्रथम भएकी छिन। ५९औं राष्ट्रिय बाल दिवसको अवसरमा बेलका नगरपालिकाको आयोजनामा बेलका नगरपालिका ९ स्थित वरपीपल मा.बि. मा भएको कार्यक्रममा अधिकारी प्रथम भएकी हुन।
“बालबालिकामा लगानी, सुनिस्चित भबिस्यको थालनी” भन्ने शिर्षकमा भएको उक्त वक्तृत्वकला प्रतियोगितामा बेलका नगरपालिकाको जम्मा ७ वटा बिद्यालयका विद्यार्थीहरु सहभागी थिए। जसमा नर्थ स्टार बोर्डिङ स्कुल का सलिना कोइराला दोस्रो र सप्त कौशीका मा. बि. का ससिता कोइराला तेस्रो भएकी थिइन। बिजेताहरुलाई प्रमाणपत्र र पुरस्कार साथै अन्य सहभागीहरुलाई सहभागीताको प्रमाणपत्र बेलका नगरपालिकाको नगर प्रमुख अशोक कार्की ले प्रदान गरेका थिए।
कार्यक्रममा बेलका नगरपालिकाको नगर प्रमुख अशोक कार्की, वडा अध्यक्षहरु, वरपीपल मा. बि. का प्र.अ. तथा बि.व्य.स. का पदाधिकारीहरु, बुद्धिजीवी, सुरक्षा निकाय, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो। बिद्यालयको तर्फबाट विविध सांगीतिक एवं साँस्कृतिक प्रस्तुति र जनचेतनामूलक नाटक समेत प्रदर्शन गरेका थिए।
