
चौथो वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधी पन्चकन्या एफ.सि. ले हात पारेको छ। बेलका नगरपालिका वडा नं. ८ युवा तथा खेलकुद बिकास समितिको आयोजनामा बेलका ८ डुम्रीबोटे खेलमैदानमा आज भएको फाइनल खेलमा माझटोल एफ.सि. लाई हराउदै उपाधी हात पारेको हो भने माझटोल एफ.सि. दोस्रो भएको हो।
खेलको समयावधिमा दुवै टिमबाट कुनै गोल नभएपछि अन्तिम नतिजाको लागि टाइब्रेकर द्वारा खेल अगाडि बढाइएको थ्यो। जसमा १ को विरुद्ध ४ गोलले पन्चकन्या बिजेता बनेको हो। प्रथम र दोस्रो बिजेता हुने टिमलाई क्रमश नगद रु.२० हजार, रु.१० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन।
वडा नं. ८ का वडा अध्यक्ष जय कुमार राई को प्रमुख आतिथ्यता र आयोजक समितिका अध्यक्ष जोसन राई को सभा अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा बेलका नगर युवा तथा खेलकुद बिकास समितिका उपाध्यक्ष अर्जुन राई, फुटबल संयोजक लक्ष्मी विष्ट, पार्टी प्रतिनिधिहरु, विभिन्न टोल बिकास समितिका अध्यक्ष तथा प्रतिनिधिहरु, सुरक्षा निकाय, बुद्धिजीवी, खेलाडी र खेलप्रेमीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा आयोजक समितिका सचिब राजु राई ले स्वागत मन्तव्य राखेका थिए।
